जोडिनुहोस
  • होमपेज
  • सोमालियामा कारबाहीका क्रममा अल सेबाबका १३६ लडाकाको मृत्यु

सोमालियामा कारबाहीका क्रममा अल सेबाबका १३६ लडाकाको मृत्यु

सोमालियामा अल सेबाबका कम्तीमा पनि एक सय ३६ जना लडाका मारिएका छन् । अल सेबाबका लडाकाका विरुद्धमा यहाँको सुरक्षा फौजले गरेको कारबाहीका क्रममा ती लडाका मारिएका बताइएको छ ।अधिकारीहरुले गएका केही हप्तायतादेखि यहाँ हिंसा जारी राखेको सो समूहका विरुद्धमा सैन्य कारबाही थालेको छ ।

दक्षिण सोमालियामा गरिएको सो सैन्य कारबाहीमा परेर अरु तीन जना कमाण्डर पनि मारिएका बताइएको छ । शनिबार र आइतबार गरिएका सो कारबाहीमा उनीहरु मारिएका सोमालियाका सूचना मन्त्री अब्दिरमान युशुफ अल अदालाले जानकारी दिएका छन्।

दक्षिणी सोमालियको जनाला सहरमा विदेशी सुरक्षा फौज र सोमालियाली सेनाले गरेको संयुक्त कारबाहीका क्रममा सो क्षेत्रमा रहेका अल सेबाब आतङ्ककारी मारिएका बताइएको हो । मन्त्री अल अदालतले सो कारबाहीका क्रममा परेर अरु एक सय जना लडाका घाइते भएका पनि जानकारी दिए। आइतबार राजधानी मोगादिसुमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले सो कुराको जानकारी दिएका हुन् ।

मन्त्री अदालतले हिजो मारिएका तीन जना कमाण्डर समय समयमा सोमालियामा ठूला हिंसात्मक हमलाहरुमा सहभागी भएका कैयौँ मानिसको ज्यान लिएका व्यक्तिहरु रहेका जानकारी जानकारी दिए । उनले सोमालियाले देशबाट आतङ्कवादको अन्त्य गर्ने उद्देश्यका साथ पछिल्लो समयमा अल सेबाबका विरुद्धको कारबाहीलाई सशक्त बनाएको पनि बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका