जोडिनुहोस
  • होमपेज
  • बिहीबार परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्का जाँदै

बिहीबार परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्का जाँदै

काठमाडौं, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएकी छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको श्रीलङ्काको भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

परराष्ट्रमन्त्री भएपछि यो उनको पहिलो विदेश भ्रमण हो । उनी श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसका अवसरका कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रुपमा सहभागी हुन त्यसतर्फ जान लागेकी परराष्ट्र मन्त्रालयले जनाएको छ ।

श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेले यही माघ २० र २१ गते ९फेब्रुअरी ३ र ४ तारिख०मा हुने विशेष समारोहमा दक्षिण एसियाली मुलुकका विदेशमन्त्री र अन्य विशिष्ट पाहुनालाई निमन्त्रणा गरेका छन् ।

भ्रमणका दौरान मन्त्री पौड्यालले उच्चस्तरीय द्विपक्षीय राजनीतिक भेटवार्ता गर्नेछिन् । उनले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्री, भारत र माल्दिभ्सका विदेश मन्त्रीलगायतसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्ने बताइएको छ ।

मन्त्री डा। पौड्याल बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछिन् । शुक्रबार विभिन्न ‘साइडलाइन मिटिङ’हरु हुने र शनिबार मुख्य समारोहमा सहभागी हुने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ । भ्रमण सम्पन्न गरी उनी आइतबार नेपाल फर्कने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका