जोडिनुहोस
  • होमपेज
  • इजिप्टका राष्ट्रपति र अमेरिकी विदेशमन्त्री बीच छलफल

इजिप्टका राष्ट्रपति र अमेरिकी विदेशमन्त्री बीच छलफल

एजेन्सी, इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले सोमबार भ्रमणरत अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग इजरायल र प्यालेस्टाइनबीचको बढ्दो तनावबारे छलफल गर्नुभएको इजिप्टको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति अल–सिसीले जारी तनावको स्थितिलाई शान्त पार्न र दुई पक्षहरूद्वारा लिइएका एकपक्षीय कदमहरूलाई थप उत्तेजित पार्नबाट रोक्दै राजनीतिक र सुरक्षा स्तरहरूमा तत्काल छलफल चलाउन आग्रह गरेका थिए ।

इजिप्टका राष्ट्रपतिले अन्तरराष्ट्रिय अभ्यास र सन्दर्भअनुसार प्यालेस्टिनी जनताको अधिकारको ग्यारेन्टी गर्ने न्यायोचित समाधानमा पुग्न इजिप्टको दृढ अडानलाई दोहोर्याए।

मध्यपूर्वको तीनदिने भ्रमणमा रहेका मन्त्री ब्लिन्केनले वाशिङटनले इजिप्टसँगको स्थिरता र शान्ति कायम गर्न बलियो समन्वयमा भरोसा गरिरहेको बताए । उनीहरुबीच साझा सरोकारका थुप्रै क्षेत्रीय र अन्तरारष्ट्रिय मुद्दाहरूमा पनि विचार आदानप्रदान भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका