जोडिनुहोस
  • होमपेज
  • कानुनमा एकरूपता ल्याउन सरकारलाई सुझाव

कानुनमा एकरूपता ल्याउन सरकारलाई सुझाव

काठमाडौं, सरकारको कानुनी प्रतिरक्षासहित सल्लाहकारका रूपमा रहेको महान्यायाधिवक्ता कार्यालयले कानुनमा एकै किसिमको कसुरमा पनि फरकफरक सजायको व्यवस्था भएकाले एकरूपता ल्याउन सरकारलाई सुझाव दिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाउँदै सरकारलाई सुझाव दिएको हो ।

महान्यायाधिवक्ता दिनमणि पोखरेलले शीतलनिवास पुगेर सोमबार वर्षभरि देशभरका सरकारी वकिल कार्यालयबाट भएका मुद्दा दर्ता, मुद्दा प्रतिरक्षा, समस्या, सुझावलगायत विषय समेटिएको आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएका हुन् ।

महान्यायाधिवक्ता कार्यालयबाट गरिएको अभियोजन परीक्षण र अध्ययन कार्य सम्पादनमा देखिएका समस्या चुनौती रहेको उल्लेख गरिएको छ । मुलुकी अपराध संहिता २०७४ ले कसुर मानेका कतिपय काम अन्य ऐनमा पनि कसुर मानी सजायको व्यवस्था गरिएको छ । एउटै खालका कसुरमा अलगअलग सजाय तोकिँदा कार्यान्वयनमा कठिनाइ परेको उल्लेख गरिएको छ ।

नागरिक दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका