जोडिनुहोस
  • होमपेज
  • अमेरिकाको फ्लोरिडामा अन्धाधुन्ध प्रहार, १० जना घाइते

अमेरिकाको फ्लोरिडामा अन्धाधुन्ध प्रहार, १० जना घाइते

एजेन्सी, अमेरिकाको फ्लोरिडामा सोमबार अपराह्न भएको गोलीबारीमा १० जना घाइते भएका छन् । घटना फ्लोरिडाको लेक ल्यान्ड इलाकामा भएको हो । प्रहरी प्रमुखका स्याम टेलरका अनुसार हमलाकर्ता एक गाढा निलो रङको कारमा आएका थिए ।

घटनास्थलमा पुग्ने बित्तिकै उनको गाडीको चारै वटा सिसा खोले र अन्धाधुन्ध गोली चलाउन थाले । रिपोर्टका अनुसार दुई जनाको अवस्था गम्भीर छ । घटनापछि प्रहरी गाडीको खोजीमा जुटेको छ ।

प्रहरीका अनुसार यो गोली बारी केही मानिसलाई निशानामा राखेर गरिएको थियो । तीन जनालाई आपत्कालीन सेवाले अस्पतालमा भर्ना गरेको छ । उनीहरूको उमेर २० देखि ३५ वर्षको बीचमा छ । हमलाकर्ताले निकै तीव्र रूपमा गाडी चलाइरहेका थिए, उनले घटनास्थलमा पनि गाडी रोकेनन् ।

सीएनएनका अनुसार हमलाकर्ताले आफ्नो गति अलि कम गरेर गोली हान्न सुरु गरे । स्थिति गम्भीर भएकाहरूलाई पेट र अनुहारमा गोली लागेको छ । गोली चल्नु एक मिनेट अघि मात्रै त्यहाँ स्कुल बसले बच्चालाई उतारेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका