जोडिनुहोस
  • होमपेज
  • पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा

पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा

काठमाडौं, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको पेशावरमा सोमवार भएको हिंसाको घटनाको निन्दा गरेका छन् ।

पेसवासरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमवार भएको आत्मघाती विस्फोटमा परी ४४ जनाको ज्यान गएको घटनाको उनले निन्दा गरेका हुन् ।

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले घटनाको निन्दा गर्दै नागरिकको शान्तिपूर्ण रूपमा आफ्ना धार्मिक आस्था भएका स्थानमा उपस्थित हुन र पूजा गर्न पाउने अधिकारको सम्मान गर्नुपर्ने बताए ।

विश्वका नागरिकले आफ्नो आस्था रहेका स्थानमा जम्मा हुन पाउने र धार्मिक कार्य गर्न पाउने विश्वव्यापी मानवअधिकारको विषय हो भन्दै यस्ता कार्यको सम्मान गर्न उनले विज्ञप्तिमार्फत् आग्रह गरेका हुन् ।

सोमवार मस्जिदमा विस्फोट गराई धेरै नागरिकको ज्यान लिने गरी हिंसात्मक कार्य भएको छ । पेसावरको पुलिस लाइन्स इलाकामा रहेको मस्जिदमा दिउँसोको नमाजको समयमा विस्फोट भएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार आत्मघाती आक्रमणकारी प्रार्थनाको क्रममा लाइनमा बसेका व्यक्तिहरूलाई लक्षित गरिएको थियो । सुरक्षा अधिकारीहरूले बताएअनुसार विस्फोट हुँदा मस्जिदमा कम्तीमा १२० जना मानिस रहेका बताएका छन् । घाइते हुनेमा धेरै प्रहरी रहेको बताइएको छ ।

महासचिव गुटरेसले हमलामा परेर ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनीहरूको परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनले यस्ता जघन्य अपराधमा संलग्न हुने व्यक्तिको खोजी गरेर उनीहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका