जोडिनुहोस
  • होमपेज
  • आमसञ्चार प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

आमसञ्चार प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चारकर्मीहरूको सीप र दक्षता अभिवृद्धि र अध्यवाधिक गर्न एवम् उच्चतम व्यवसायीक अभ्यासका लागि प्रेरित गर्न आमसञ्चार प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई मङ्गलवार सम्बाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेसागत तथा भौतिक सुरक्षाका प्रत्याभूति गरिनेछ । सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य दुर्घटना तथा हुलदङ्गा वा आतङ्कको बीमाको व्यवस्था गरिनेछ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले श्रमजीवी पत्रकारका लागि निर्मित कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वको स्थापित गरिने बताएका छन् ।

‘श्रमजीवी पत्रकारका लागि निर्मित कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्व स्थापित गरिने र सञ्चारमाध्यम र कार्यरत सञ्चारकर्मीको सहयोगको अपेक्षा सरकारले गरेको छ’, प्रधानमन्त्रीले सरकारले अहिले सामाजिक न्याय, सुशासन र सम्मृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका