जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति र गृहमन्त्रीबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा

राष्ट्रपति र गृहमन्त्रीबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा जारी छ।

बैठक सोमबारबाट सुरु भएको थियो । रवि लामिछाने नागरिकता प्रकरणमा दोषी देखिएसँगै सांसद, उपप्रधान तथा गृहमन्त्रीबाट बाहिरिएका थिए ।

उनी बाहिरिएपछि माओवादीले गृह मन्त्रालय आफैँसँग राख्ने मनस्थिति बनाएको छ । यता एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलेको सहमति अनुसार अगाडि बढ्नुपर्ने अडान राख्दै आएका छन् ।

यस्तै, राष्ट्रपतिको उम्मेदवारका विषयमा पनि माओवादीले गठबन्धनमा भएको सहमति भन्दा फरक मत राख्दै आएको छ । बैठकमा राष्ट्रपति र गृहमन्त्रीका साथै भोलि बस्ने स्थायी कमिटी बैठकको एजेण्डाबारे पनि छलफल हुने जनाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका