जोडिनुहोस
  • होमपेज
  • श्रम मन्त्रालयको पहलमा सिंहदरबार प्रवेशमा सहज

श्रम मन्त्रालयको पहलमा सिंहदरबार प्रवेशमा सहज

काठमाडौं । श्रम मन्त्रालयले अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको छ । श्रम मन्त्रालयको सिफारिस अनुसार गृह मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले सबै नेपाली नागरिकलाई सिंहदरबार प्रवेश गर्न पाउने नैसर्गिक अधिकार भएको र सोअनुसार अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको बताए ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री अर्यालले सोमबारदेखि लागू हुने गरी कालो नम्बर प्लेट भएका (सार्वजनिक) सवारीलाई निर्वाधरुपमा सिंहदरबार छिर्न पाउने व्यवस्था गरिएको बताए ।

उनले अशक्त तथा फरक क्षमता भएका व्यक्तिलाई बोकेर सिंहदरबार छिर्ने सार्वजनिक सवारी नरोकिने जानकारी दिए ।

उनले भने, ‘फरक क्षमता भएका तथा अशक्त व्यक्तिहरू सिंहदरबारको गेटबाट भित्रसम्म हिँड्न सक्नुहुन्न । तर, सिंहदरबार गेटबाट सार्वजनिक सवारी भित्र छिर्न नपाउने व्यवस्था थियो ।’

यो व्यवस्थालाई हटाउँदै गृह मन्त्रालयसँगको समन्वयमा अशक्त र फरक क्षमता भएका व्यक्तिहरूलाई बोकेर सार्वजनिक सवारी सिंहदरबार भित्रै छिर्ने व्यवस्था गरिएको अर्यालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका