जोडिनुहोस
  • होमपेज
  • रुस समर्थित अभियन्ताहरूद्धारा रुसी फौजलाई आर्थिक सहयोग

रुस समर्थित अभियन्ताहरूद्धारा रुसी फौजलाई आर्थिक सहयोग

बर्लिन, जर्मनीस्थित रुस समर्थित अभियन्ताहरूको एक समूहले युक्रेनमा युद्धरत रुसी फौजलाई आर्थिक सहयोग गरेको छ । रुसी सेनाको डिभिजनमा कार्यरत एकजना अधिकारीले सो रकम वाकी–टकी रेडियो, हेडफोन र टेलिफोन खरिद गर्न प्रयोग गरिएको बताएका छन् ।

गत वर्षको उत्तरार्धमा सैनिक अधिकारीलाई एकमुस्ट पाँच सय युरो अर्थात् ५४० अमेरिकी डलर प्रदान गरेको समूहको केन्द्रका ती एक जोडी एलेना कोलिबास्निकोभा र म्याक्स स्कलुन्डलाई सो रकम दूरसञ्चार उपकरण खरिदमा प्रयोजन हुने थाहा थियो । यद्यपि युरोपेली संघ ९ईयू०ले रुसी फौजलाई कसैले पनि यस्ता उपकरण आपूर्ति गर्न नसक्ने गरी प्रतिबन्ध लगाएको छ ।

समाचार एजेन्सी रोयटर्सले गत ३ जनवरीमा सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार कोलिबास्निकोभा र स्कलुन्ड रुस सरकारसँग गोप्य सम्बन्ध राखेर जर्मनीमा मस्कोप्रतिको समर्थन प्रबर्द्धन गर्ने व्यक्तिहरूमध्ये हुन् भनेर रहस्योद्घाटन भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका