जोडिनुहोस
  • होमपेज
  • सरकारी खर्च कटौती गर्न श्रीलङ्काकाका राष्ट्रपतिको निर्देशन

सरकारी खर्च कटौती गर्न श्रीलङ्काकाका राष्ट्रपतिको निर्देशन

कोलम्बो, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले मन्त्रिपरिषद्लाई सरकारी खर्च घटाउन निर्देशन दिएका छन् । राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी)ले हाल सरकारको राजस्व मासिक खर्चभन्दा कम रहेको जनाएको छ ।

राष्ट्रपतिले जनरल ट्रेजरीले भुक्तानीकर्ता बाहेक सबै खर्चहरू पूरा गर्न यो समय अत्यन्त चुनौतीपूर्ण रहेको बताएका छन् । राष्ट्रपतिले निजामती कर्मचारीले कर्जाको आधारमा वस्तु तथा सेवा लिनबाट हाललाई टाढै रहनुपर्ने पनि धारणा राखेका छन् ।

यसैबीच मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवद्र्धनाले मङ्गलबार सरकारको जनवरी महिनाको खर्च राजस्वको दोब्बर भएको बताए । गत वर्षदेखि श्रीलङ्का चरम आर्थिक सङ्कटको सामना गरिरहेको छ जसले देशमा राजनीतिक उथलपुथलसमेत निम्त्याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका