जोडिनुहोस
  • होमपेज
  • चार महिनायता आँटा, चामलको मूल्य अत्यधिक बढ्यो

चार महिनायता आँटा, चामलको मूल्य अत्यधिक बढ्यो

काठमाडौं, पछिल्लो चार महिनायता बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढेको छ । नेपाल खुुद्रा व्यापार संघका अनुसार कात्तिकयता आँटा प्रतिकेजी २५ रुपैयाँ र मैदा प्रतिकेजी २० रुपैयाँ बढेको छ । त्यसयता चामल पनि प्रतिकेजी १० रुपैयाँदेखि १८ रुपैयाँसम्म बढेको छ ।

संघका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार ठूला व्यापारीहरूले चामल, आँटा र मैदाको भाउ मनपरी तरिकाले वृद्धि गरेका छन् । “गहुँको त सिजन होइन, चामलको त अहिले सिजन हो नि, यसरी मूल्य बढ्दा सरकारका नियमनकारी निकाय कहाँ छन रु,” अध्यक्ष बज्राचार्यले प्रतिप्रश्न गरे ।

यस्ता निकायले खाध्यन्न आयातकर्ता, मिल तथा उद्योगहरूमा अनुगमन नगरी साना खुद्रा पसलमा सीमित हुँदा बजार भाउ नियन्त्रण बाहिर पुगेको उनको भनाइ छ ।

गोरखापत्र दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका