जोडिनुहोस
  • होमपेज
  • विद्युतीय कारोबारको सीमा बढ्यो

विद्युतीय कारोबारको सीमा बढ्यो

काठमाडौं, विद्युतीय कारोबारमा जोड दिँदै आएको नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, क्यूआर कोडलगायतका विद्युतीय भुक्तानीबाट हुने कारोबारको सीमालाई बढाएको छ । राष्ट्र बैंकले मंगलबार ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै उक्त सीमा बढाएको हो ।

राष्ट्र बैंकले मोबाइल बैंकिङ ९क्यूआर कोडसमेत० बाट प्रतिदिन ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यसअघि प्रतिदिन २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था थियो ।

त्यस्तै, बैंक खाताबाट वालेटमा प्रतिदिन २ लाख रुपैयाँसम्म रकम पठाउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि प्रतिदिन ५० हजार रुपैयाँसम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेको थियो ।

साथै, वालेटबाट बैंकको खातामा पनि प्रतिदिन २ लाख रुपैयाँसम्म पठाउन सकिने भएको छ । यसअघि प्रतिदिन १ लाख रुपैयाँ मात्रै पठाउन सकिन्थ्यो । प्रतिमहिना १० लाख रुपैयाँसम्म गर्न सकिने कारोबारको सीमा भने यथावत रहेको छ ।

राष्ट्र बैंकले एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्ने सीमालाई भने घटाएर प्रतिदिन ५० हजार रुपैयाँसम्म पठाउने सकिने व्यवस्था गरेको छ ।

यसअघि एकदिनमा १ लाख रुपैयाँसम्म पठाउन सकिने व्यवस्था थियो । तर, प्रतिमहिना गर्न सकिने कारोबारको सीमा भने यथावत रहेको छ ।

नेपाल समाचारपत्र दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका