जोडिनुहोस
  • होमपेज
  • आज प्रतिनिधि सभाको बैठक बस्दै

आज प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं, प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जितेको चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ खाली भएको जानकारी गराइने छ ।

सर्वोच्च अदालतको आदेश अनुसार लामिछाने निर्वाचित हुँदा उनको नागरिकता नै अवैध रहेकाले सांसद पद खारेज भई उक्त क्षेत्र खाली भएको जानकारी गराइने छ ।

यस्तै, बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट विभिन्न मन्त्रीहरुको कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूचि पनि रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन पेश गर्नेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका