जोडिनुहोस
  • होमपेज
  • बालुवाटारमा ओली र लिङ्देनसँग प्रचण्डको भेटवार्ता

बालुवाटारमा ओली र लिङ्देनसँग प्रचण्डको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटघाट गरेका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा ओली र लिङ्देनलाई प्रचण्डले पालैपालो भेटेका हुन् ।

लिङ्देनले भेटेर निस्केपछि ओली बालुवाटार पुगेका थिए । गृहमन्त्री कसलाई बनाउने भन्नेमा तीव्र विवाद भइरहेका बेला गठवन्धनका तीन प्रमुख नेताबीच भेट भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो ओलीलाई भेटेर आफूलाई गृहमा फर्काउन सहयोग मागेका थिए भने ओलीले पनि सकारात्मक जवाफ दिएका थिए ।

प्रधानमन्त्री प्रचण्ड भने गृह आफ्नै पार्टीसँग राख्न चाहिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका