जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम

सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेर पुनः १ लिाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलामा ५ सय रुपैयाँले घट्दै १ लाख ५ हजार ८ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज पुनः ५ सय रुपैयाँले वृद्धि भएको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्रै बढ्दै आज प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका