जोडिनुहोस
  • होमपेज
  • सिंहदरबार पूर्वी गेटअगाडि ढल फुटेर दुर्गन्ध, सवारी आवागमन प्रभावित

सिंहदरबार पूर्वी गेटअगाडि ढल फुटेर दुर्गन्ध, सवारी आवागमन प्रभावित

काठमाडौँ । सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो ।

ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र सवारीसाधन चालकहरुले सास्ती व्यहोर्नु परेको छ । सिंहदरबार पूर्वी गेटमा मंगलबार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदा समेत सरकार बेखबर छ ।

हालसम्म सरकारले पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनका लागि कुनै पनि पहल गरेको छैन। पूर्वी गेट वरपरका स्थानीयहरू पनि ढलको दुर्गन्धका कारण समस्यामा परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका