जोडिनुहोस
  • होमपेज
  • जनवरीमा भित्रिए ५५ हजार पर्यटक

जनवरीमा भित्रिए ५५ हजार पर्यटक

काठमाडौं । नेपालमा पर्यटकीय गतिविधिका लागि अफसिजन मानिने जनवरीमै पर्यटक आगमन उत्साहजनक देखिएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरी २०२३ मा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका छन् । हिउँदयाममा नेपालमा पर्यटक सिजन मानिँदैन ।

अर्कोतर्फ चिनियाँ नागरिकलाई नेपाल भ्रमण खुला गरिएको छैन । यस अवस्थामा देखिएको यो आगमन उत्साहजनक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । यस महिनामा अष्ट्रेलियाबाट राम्रो संख्यामा पर्यटक आएको देखिएको छ ।

सबैभन्दा धेरै पर्यटक भने भारतीय छन् । यो हवाईमार्ग प्रयोग गरी आएका पर्यटकको संख्या हो । नेपालमा कोरोना भाइरसको महामारी सुरु भएयता जनवरी महिनामा सबैभन्दा धेरै पर्यटक यस वर्ष आएका हुन् । बोर्डका अनुसार सन् २०२२ को जनवरीमा १६ हजार ४३६ जना पर्यटक आएका थिए । सन् २०२१ मा मात्र ८ हजार ६७४ जना पर्यटक यस महिनामा आएका थिए ।

सन् २०२० को जनवरीमा भने ७९ हजार ७०२ र सन् २०१९ को जनवरीमा ८१ हजार २७३ जना पर्यटक आएका थिए । यी दुई वर्ष कोरोना महामारीको संकट सुरु भइसकेको थिएन् । सन् २०२० को मार्चपछि भने मुलुकले लकडाउनको सामना गर्नु परेको थियो ।

जनवरीमा कुन वर्ष कति पर्यटक ?

सन् २०१९ : ८१,२७३
सन् २०२० : ७९,७०२
सन् २०२१ : ८,८७४
सन् २०२२ : १६,४३६
सन् २०२३ : ५५,०७४
तथ्यांक अनुसार जनवरी २०२३ मा भारतबाट मात्र १६ हजार ४३६ जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिका छ । अमेरिकाबाट ६ हजार ५६१ जना नेपाल आएको तथ्यांक छ । अष्ट्रेलियाबाट ३ हजार ४४१ र बंगलादेशबाट २ हजार ४६८ जना पर्यटक नेपाल आएका छन् ।

कुन मुलुकबाट कति भित्रिए ?

भारत : १६,४३६
अमेरिका : ६,५६१
अष्ट्रेलिया ; ३,४४१
बंगलादेश : २,४६८

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका