जोडिनुहोस
  • होमपेज
  • प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य गर्छौं : प्रमुख आयुक्त थपलिया

प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य गर्छौं : प्रमुख आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरुले प्रत्यक्ष निर्वाचनको उम्मेदवारमा ३३ प्रतिशत महिला अनिवार्य हुनैपर्ने कानुनी व्यवस्था गर्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले निर्वाचन सम्बन्धी नयाँ विधेयकमा यो व्यवस्था राख्ने जानकारी दिए ।

‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचनमा निर्वाचित हुने प्रणालीतर्फ ३३ प्रतिशत महिला उम्मेदवारी दलले दिनैपर्ने भन्ने प्रावधान राखेका छौंं’ उनले भने । स्थानीय तहको प्रमुख र उपप्रमुख अथवा, अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था छ ।

दलहरुले अध्यक्ष वा उपाध्यक्षमध्ये एक जनामात्रै उम्मेदवार बनाउँदा के गर्ने भन्ने कानुनमा प्रष्ट छैन । अब बन्ने कानुनमा एउटा पदमा मात्र उम्मेदवार बनाउँदा महिला अनिवार्य गर्नुपर्ने व्यवस्था गर्ने पनि थपलियाले बताए ।

वडा अध्यक्षमा पनि दलहरुले एक तिहाइ उम्मेदवार महिला बनाउनुपर्ने व्यवस्था निर्वाचनसम्बन्धी नयाँ कानुनमा गर्ने पनि उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका