जोडिनुहोस
  • होमपेज
  • बागलुङमा एक पुरुषद्वारा आत्मदाहको प्रयास

बागलुङमा एक पुरुषद्वारा आत्मदाहको प्रयास

पोखरा । बागलुङमा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिक ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले डिएसपी गंगाबहादुर थापाले बताए ।

‘उहाँले आफ्नै शरिरमा आगो लगाएपछि बाग्लुङ अस्पतालबाट थप उपचारका लागि पोखरा लगिँदै छ, शरिरमा आगो लगाउनुको अहिलेसम्म कारण खुल्न सकेको छैन्,’ थापाले भने । जिसीको धौलागिरी अस्पतालमा उपचारपछि पोखरा ल्याइँदै छ ।’ जिसीले घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए । आत्मदाहको कारण नखुलेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?