जोडिनुहोस
  • होमपेज
  • केन्क्रे र पन्जाबको बराबरी

खेलकुद

केन्क्रे र पन्जाबको बराबरी

केन्क्रे र पन्जाबको बराबरी

काठमाडौं, भारतको आई लिगमा मुम्बई केन्क्रे एफसी र पन्जाब एफसीले बराबरी खेल्दै अंक बाडेका छन् । बुधबार राति भएको खेलमा केन्क्रे र पन्जाबले ३-३ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

केन्क्रेमा नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट र पन्जाबमा नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आबद्द छन् ।

अन्जन र किरण दुबै जना सुरुआती-११ मै मैदान उत्रिएका थिए । रोमान्चक खेलमा केन्क्रेका लागि रञ्‍जित पान्द्रेले दुई गोल गरे । अमन गायकवाडको नाममा एक गोल रह्यो ।

पन्जाबका चेन्जो ग्याल्जेन, नोचा सिंह र लुका मज्चेनले एक एक गोल गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका