
पोर्ट ओ प्रिन्स, हाइटीका राष्ट्रपति जोभेनल मोइसको हत्यामा प्रमुख भूमिका खेलेको आरोप लागेका चारजनालाई अमेरिकासमक्ष हस्तान्तरण गरिएको छ । उनीहरूविरुद्ध अब अमेरिकामा मुद्दा चलाइनेछ ।
सन् २०२१ को ७ जुलाईमा हाइटीको राजधानीस्थित आफ्नै निवासमा राष्ट्रपति मोइसको गोली हानेर हत्या गरिएको थियो । प्रहरीले हत्यामा विशेषगरी विदेशी मर्सिनरीको संलग्नता रहेको एउटा हिट टोलीको हात रहेको जनाएको थियो ।
आंशकितमध्ये तीनजना अमेरिकी–हाइटिसियन र अर्को एकजना कोलम्बियाली भएको बताइएको छ । उनीहरूलाई आज बेलुका नै मायामीस्थित एउटा संघीय अदालतमा पेस गरिने बताइएको छ ।