जोडिनुहोस
  • होमपेज
  • सिंहदरबारको ढल विसर्जनमा चरम लापरबाही

सिंहदरबारको ढल विसर्जनमा चरम लापरबाही

काठमाडौ, सिंहदरबारको फोहोर विसर्जनमा चरम लापरबाही भएको पाइएको छ। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेट आसपासका क्षेत्र बुधबार हिलाम्मे र दुर्गन्धित हुनुमा ढल फुटेर वा ढल जाम भएर नभई फोहोर विसर्जनमा भएको लापारबाहीका कारण हो। पूर्वी गेटसँगै रहेको पानी प्रशोधन केन्द्रको फोहोर बगेर पूर्वी गेट र अनामनगर क्षेत्रको सडक फोहोर तथा हिलाम्मे बन्यो।

यस्ता विपत् आउँदा तत्काल काम गर्ने गरी काठमाडौँ महानगरपालिकाले पूर्वाधार एम्बुलेन्स सञ्चालन गरी मर्मत गर्ने जनाएको थियो। त्यस्तो एम्बुलेन्सले काम पायो कि पाएन भन्ने गोरखापत्रको जिज्ञासामा सिंहदरबारकै लापरबाहीले त्यस्तो समस्या आएको र पूर्वाधारको समस्या नरहेको दाबी काठमाडौँ महानगरपालिकाले गरेको छ।

काठमाडौँ महानगरपालिकाका पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले भने, “सिंहदरबारभित्र वा अनामनगर क्षेत्रमा कुनै ढल फुटेको होइन, ढल जाम भएको पनि होइन।

सिंहदरबारभित्रको फोहोर बाटोमा फालिएको हो। सिंहदरबारले गरेको हो यो फोहोर। बाटोमा फोहोर र दुर्गन्ध फालेर सर्वसाधारणको आवागमनमा अवरोध पुर्याएको भन्दै आवश्यक कारबाहीका लागि महानगरपालिकाले सम्बन्धित निकायमा पत्राचार गर्नेछ।”

सिंहदरबारभित्र मेलम्चीको पानी वितरणको तयारीस्वरूप त्यहाँभित्रका पाइपलाइन, ट्याङ्की तथा ढल सफाइ गर्दा त्यसबाट निस्केको फोहोर अन्यत्र विसर्जन गर्नुको सट्टा पूर्वी गेट र अनामनगर क्षेत्रमा फालिँदा सो क्षेत्र हिलाम्मे र दुर्गन्धित भएको उनले बताए।

गोरखापत्र दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका