जोडिनुहोस
  • होमपेज
  • युनाईटेड काराबाओ कपको फाइनल प्रवेश

युनाईटेड काराबाओ कपको फाइनल प्रवेश

काठमाडौं, म्यानचेस्टर युनाईटेड काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नटिङघम फरेस्टलाई २-० ले हराउँदै समग्रमा ५-० को जितसहित युनाईटेड फाइनल पुगेको हो ।

पहिलो लेगमा युनाईटेडले ३-० को अग्रता बनाएको थियो । दोस्रो लेगमा युनाईटेडका लागि एन्थोनी मार्सियल र फ्रेडले एक एक गोल गरे ।

खेलको ७३ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ७६ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडको जित पक्का गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका