जोडिनुहोस
  • होमपेज
  • कांग्रेस संसदीय दल कार्यसमिति बस्दै

कांग्रेस संसदीय दल कार्यसमिति बस्दै

काठमाडौं, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक बिहीबार बस्दैछ । धुम्बाराहीस्थित पार्टी सभापति देउवाको निवासमा अहिले केही बेरमा बस्ने बैठकमा संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक र दुई महामन्त्री सहभागी हुने छन् ।

राष्ट्रिय सभाका उपाध्यक्षको चुनावलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । माघ २३ गते बस्ने राष्ट्रिय सभा बैठकले उपाध्यक्ष चयन गर्दैछ । राष्ट्रिय सभाका तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रले राष्ट्रिय सभा उपाध्यक्षका लागि उम्मेदवारी दिने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका