जोडिनुहोस
  • होमपेज
  • स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री प्रचण्ड

स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्रष्टाको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्सालमा आज आयोजना गरेको ‘गठबन्धन’ नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित गर्न तपाईँहरूले महत्वपूर्ण भूमिका खेल्नुभएको छ । देशभित्र मात्र होइन, विश्वभरि स्थापित गर्न तपाईँहरूले खेलेको भूमिका प्रशंसनीय छ ।’

प्रधानमन्त्रीले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा ललितकला प्रतिष्ठान स्थापना गर्ने जग बसालेको भन्दै आफूलाई प्रतिष्ठानप्रति खुसी र गर्वको महसुस भएको बताए ।

‘चित्रकला तथा प्रतिकलाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका तपाईं विशिष्ट व्यक्तित्वलाई सम्मान गर्न पाउँदा निकै खुसी छु, यसले राष्ट्रकै गरिमा र उचाइ बढाउँछ’, उनले भने । सो अवसरमा प्रधानमन्त्रीले ललितकलाका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने स्रष्टालाई सम्मान गर्नुका साथै ललितकलासम्बन्धी सिर्जनाको अवलोकन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका