जोडिनुहोस
  • होमपेज
  • गृह मन्त्रालय रास्वपाले पाउने ओलीको दाबी

गृह मन्त्रालय रास्वपाले पाउने ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय पाउने बताएका छन् ।

नेपाल उद्योग परिसंघ (सिआइएन) प्रदेश १ ले गरेको कोशी एक्स्पोको उद्घाटन गर्न विराटनगर पुगेका ओलीले विमानस्थलमा संचारकर्मीसँग यसअघि सत्ता साझेदार दलमा भएको सहमति अनुसार रास्वपाले सो मन्त्रालय पाउने बताएका हुन् ।

रास्वपाले गृह मन्त्रालय पाउने भन्दै उनले मन्त्री कसलाई बनाउने भन्ने विषय पनि सोही पार्टीको जिम्मामा रहने उनको भनाइ छ । ‘पहिला रविजी गृह मन्त्री हुनुभयो। गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको हो। अब उहाँहरू कसलाई गृहमन्त्री बनाउनु हुन्छ, त्यो रास्वपाको कुरा हो,’ ओलीले भनेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘अदालतको पूर्णपाठ आएपछि मात्रै गृह मन्त्रालयबारे निर्णय गर्ने भन्नू भएको छ नि’ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘पूर्णपाठ किन चाहियो रु पुराण वाचन गर्ने हो र ?’

राष्ट्रपतिमा माओवादी नेताहरूले राष्ट्रिय सहमति भनिरहेका बेला ओलीले एमालेकै उम्मेदवार निर्वाचित हुने दाबी गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका