जोडिनुहोस
शुक्रबार, फाल्गुन ११, २०८०
शुक्रबार, फाल्गुन ११, २०८०
  • होमपेज
  • कालिन्चोक दर्शनको आईपीओ बाँडफाँड

कालिन्चोक दर्शनको आईपीओ बाँडफाँड

कालिञ्चोक दर्शनले सर्वसाधारणलाई बिक्री खुलाएको साधारण सेयर बिहीबार बाँडफाँड गरेको छ । कम्पनीले माघ ३ देखि ६ गतेसम्म आवेदन खुलाएको आईपीओ बिहीबार बाँडफाँड गरेको हो ।

यसमा ८९ हजार ६४० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् । आईपीओमा १४ लाख ७३ हजार जनाले आवेदन दिएका थिए ।

कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आईपीओ जारी गरेको थियो । योमध्ये १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ । जसमध्ये सामूहिक लगानी कोष ५४ हजार कित्ता र कर्मचारीहरूका लागि २१ हजार ६०० कित्ता सेयर छुट्याइएको थियो ।

बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका