जोडिनुहोस
  • होमपेज
  • चोटका कारण तीन साता मैदान बाहिर एम्बाप्पे

चोटका कारण तीन साता मैदान बाहिर एम्बाप्पे

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फर्वाड केलियन एम्बाप्पे चोटका कारण तीन साता मैदान बाहिर रहने भएका छन् ।

चोट निको हुन अझै केही समय लाग्ने भएकाले उनले आगामी फेब्रुअरी १४ मा यूएफ च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ मा जर्मन च्याम्पियन बायर्न म्युनिखविरुद्धको खेल गुमाउने भएका हुन् । पहिलो लिगमा बायर्नले पीएसजीको भ्रमण गर्ने तालिका छ । यस्तै २४ वर्षीय एम्बाप्पेले फ्रेन्च कपमा मार्सेविरुद्धको खेल र त्यसको तीन दिनपछि लिग वानमा मोनाकोविरुद्धको खेल पनि गुमाउने छन् ।

बुधबार फ्रेन्चलिग वानमा मोन्टपेलियविरुद्धको खेलमा एम्बाप्पेको तिघ्रामा चोट लागेको थियो । उनले सो खेलमा दुई वटा पेनाल्टीमा गोल गर्ने अवसर गुमाएका थिए । २१ औं मिनेटमा तिघ्रामा समस्या देखिएपछि एम्बाप्पे मैदान बाहिरिएका हुन् । यद्यपि उक्त खेल पीएसजीले ३–१ गोलले जितेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका