जोडिनुहोस
  • होमपेज
  • सांसदहरुको अभिमुखीकरण तालिम आज पनि जारी

सांसदहरुको अभिमुखीकरण तालिम आज पनि जारी

काठमाडौँ– प्रतिनिधि सभा सदस्यहरुलाई आज पनि अभिमुखीकरण तालिम जारी रहेको छ ।

बिहीवारबाट सांसद भवनमा नवनिर्वाचित सांसदहरुलाई समिति र संसदमा उपस्थिति हुन आवश्यक मान मर्यादाका बारेमा जानकारी दिने हेतुले शुरु भएको दुई दिने अभिमुखीकरणले आज पनि निरन्तरता पाएको हो ।

नयाँ सांसदहरुले पुराना सांसदहरुबाट अनुभव लिने कार्यक्रम आयोजना गरिएको हो ।

आज पूर्वअर्थमन्त्री युवराज खतिवडा, नेपाल कानून आयोगका पूर्व अध्यक्ष माधवप्रसाद पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेती, संसद सचिवालयका सचिव रोजनाथ पाण्डेलगायतले सम्बोधन गर्ने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका