जोडिनुहोस
  • होमपेज
  • २१ लाख भारतीय रुपैयाँसहित कपिलवस्तुबाट ३ जना पक्राउ

२१ लाख भारतीय रुपैयाँसहित कपिलवस्तुबाट ३ जना पक्राउ

प्रहरीले २१ लाख भारतीय रुपैयाँसहित कपिलवस्तु बाट ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना तेतरी बजार ग्राम अनुपनगर घर भई हाल कपिलवस्तुको मायादेवी गाउँपालिका-१ बस्‍ने २८ वर्षीय हमिद मुसलमान, शुद्धोदन गाउँपालिका-६ बिमिहा बस्‍ने ३५ वर्षीय राजेश कुमार बर्मा र सोही गाउँपालिका बस्‍ने २६ वर्षीय राकेश कुमार बर्मा रहेका छन् ।

उनीहरुको साथबाट प्रहरी २१ लाख ७ हजार १०० बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका