जोडिनुहोस
  • होमपेज
  • आयोगले कसैको नागरिकता ठिक छ वा छैन भनेर हेर्दैनः प्रमुख आयुक्त

आयोगले कसैको नागरिकता ठिक छ वा छैन भनेर हेर्दैनः प्रमुख आयुक्त

काठमाडाैँ– निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति इंगित गर्दै आयोगले उम्मेदवारी दिँदा नै नेपाली नागरिक हो/होइन र नागरिकता अनुसार उमेरले उम्मेदवार बन्न योग्य भएको छ वा छैन भन्नेबारेमा मात्रै हेर्ने अधिकार रहेको बताए ।

उनले उम्मेदवार दिँदा पनि उम्मेदवारलाई म नेपाली नागरिक हुँ, मैले पेस गरेका सबै डकुमेण्ट ठिक छन् भनेर स्वघोषणा र दस्तखत गराउने गरेको बताए ।

उहाँले निर्वाचन आयोगलाई कुनैपनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार नहुने र आयोगले पनि कुनै पार्टी खारेज गर्नसक्ने अधिकार नराख्ने बताए ।

उनले भने, ‘प्रतिनिधिले उम्मेदवारी दिइसकेपछि हामीले एउटा स्वघोषणा गराउँछौँ र आफैँलाई दस्तखत गराउँछौँ । त्यो कानूनमा पनि व्यवस्था छ ।

हामीले त्यसमा म नेपाली नागरिक हो, मैले पेस गरेका सबै डकुमेण्ट ठिक छन्, म कुनैपनि कानूनले उम्मेदवार हुन योग्य छु भन्ने लगायका धेरै विषयमा दस्तखत गराउँछौँ ।

देश हाँक्न आउने व्यक्ति गलत नागरिकतालाई सही हो भनेर आउँदैन भन्ने आयोगको विश्वास हो । प्रशन उठेपनि त्यसको छिनोफानोका लागि सम्बन्धित निकायलाई सोध्ने हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका