जोडिनुहोस
  • होमपेज
  • मौसमः तराई मधेसमा हुस्सु लाग्ने, पहाडी भू–भाग सफा रहने

मौसमः तराई मधेसमा हुस्सु लाग्ने, पहाडी भू–भाग सफा रहने

काठमाडौं – हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

यसैगरी, राती प्रदेश नम्बर १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका