जोडिनुहोस
  • होमपेज
  • नेपाली युवाद्वारा साङ्केतिक भाषालाई शब्दमा रूपान्तरण गर्ने उपकरण निर्माण

नेपाली युवाद्वारा साङ्केतिक भाषालाई शब्दमा रूपान्तरण गर्ने उपकरण निर्माण

काठमाडौँ । बोल्न नसक्ने व्यक्तिहरूलाई लक्षित गरेर नेपाली युवाले साङ्केतिक भाषा तथा हाउभाउलाई आवाज र शब्दमा रूपान्तरण गर्ने ‘युनिभर्सल ह्यान्ड जेस्चर डिकोडर’ उपकरण निर्माण गरेका छन्। बोल्न नसक्ने व्यक्ति र अन्य व्यक्तिहरूबीच देखिने सञ्चार बाधालाई कम गर्ने उद्देश्यले यस्तो उपकरण ल्याएको निर्माण टोलीले जनाएको छ।

थापाथली इन्जिनियरिङ क्याम्पसमा स्नातक तहमा अध्ययनरत दिनानाथ पाध्य, सुदीप ठाकुर, सजेन महर्जन र जेनिसा पन्तको चार सदस्यीय टोलीले यस्तो उपकरण बनाएको हो। “यो उपकरण निर्माण गर्नुको मुख्य उद्देश्य बोल्न नसक्ने मान्छे र अन्य मान्छेबीच सञ्चारमा हुने बाधालाई कम गर्नु हो। यसले साङ्केतिक भाषालाई शब्द र आवाज दुवैमा रूपान्तरण गर्ने भएकाले दृष्टिविहीनलाई समेत उपयोगी हुने देखिएको छ,” पाध्यले भने। उपकरणले साङ्केतिक भाषालाई शब्द र आवाजमा रूपान्तरण गर्ने भएकाले बोल्न नसक्ने, दृष्टिविहीन र अन्य व्यक्तिबीचको सञ्चारलाई सहज बनाउने उनले दाबी गरे ।

यो उपकरण हातमा पन्जा लगाएजसरी लगाउनुपर्ने बताउँदै उनले भने, “यो लगाएर साङ्केतिक भाषामा कुराकानी गर्दा सबैले बुझिने गरी आवाज र शब्दमा रूपान्तरण हुन्छ। यस उपकरणमा साङ्केतिक भाषा ‘ट्रान्सलेसन सफ्टवेयर’ रहेको छ, जसको मद्दतले यस्तो कुरा सम्भव भएको हो।” उनका अनुसार यो उपकरण हाल नमुना अवस्थामा रहेको र नेपालकै मानक साङ्केतिक भाषा प्रयोग गरिएको छ।

“हामीले अहिले १०–१५ वटा शब्द राखेका छौँ। पछि पूर्ण रूपको उपकरण बनाउँदा हामीले कुनै मानक साङ्केतिक भाषालाई लिएर धेरैभन्दा धेरै शब्द राखेर उपकरणलाई प्रशिक्षण दिन्छौँ। यो उपकरण तीन(चार चरणभन्दा बढी पटकको परीक्षणमा पास भइसकेको छ। आगामी दिनमा यो उपकरण बोल्न नसक्ने व्यक्तिका लागि उपयोगी बन्ने कुरामा हामी विश्वस्त छौँ,” उनले भने । यस्तो उपकरण अन्य देशमा पनि उपयोगमा रहेको तर निकै महँगो रहेको उनले बताए। यस्ता उपकरणको मूल्य विश्व बजारमा ५०(६० हजार रुपियाँभन्दा बढी पर्ने गरेको तर आफूहरूले तीनरसाढे तीन हजार रुपियाँमा तयार पारेको उनले जानकारी दिए। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका