जोडिनुहोस
  • होमपेज
  • भालुको आक्रमणबाट पर्सामा दम्पति घाइते

भालुको आक्रमणबाट पर्सामा दम्पति घाइते

काठमाडौँ – पर्साको ठोरीमा आज भालुको आक्रमणमा परी एक दम्पति घाइते भएका छन् । घाइते हुनेमा ठोरी गाउँपालिका–३ रामनगरका बिबिलाल लोप्चन तामाङ्ग र उनकी श्रीमति सुकमाया तामाङ्ग रहेका छन् ।

जङ्गलबाट घाँस लिएर फर्कने क्रममा सुकमायालाई भालुले आक्रमण गरेपछि बचाउन गएका उहाँका श्रीमान बिबिलालसमेत घाइते भएको स्थानीय नारायण खडकाले जानकारी दिइन । भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा गम्भीर चोट लागेको छ । घाइते दुवैको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका