जोडिनुहोस
  • होमपेज
  • जबराको पार्थिव शरीरमा देउवाले ओढाए कांग्रेसको झन्डा

जबराको पार्थिव शरीरमा देउवाले ओढाए कांग्रेसको झन्डा

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका पहिलो गभर्नर स्वर्गीय हिमालयशम्शेर जबराको पार्थिव शरीरमा कांग्रेसको झन्डा अडाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

आइतबार बिहान देउवा जबरालाई श्रद्धाञ्जली व्यक्त गर्न देउवा उनको निवास थापाथली पुगेका थिए । देउवासँगै कांग्रेस महामन्त्री गगन थापा, नेता प्रकाशमान सिंह, सुनिल थापा, उदयशम्शेर राणा जबरालाई श्रद्धाञ्जली दिन थापाथली पुगेका थिए ।

काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचाररत जबराको ९५ वर्षको उमेरमा आइतबार बिहान साढे ६ बजे निधन भएको हो । जबराका ज्वाइँ तथा कांग्रेसका नेता सुनिलबहादुर थापाका अनुसार आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

उनी विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित थिए । जबराले संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रूपमा काम गर्दै आएका थिए ।

उनी नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुन् । उनी हिमालयन बैंकका संस्थापकसमेत हुन् । जबराका दुई छोरा र दुई छोरी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका