जोडिनुहोस
  • होमपेज
  • एकै दिन २ हजारले घट्यो सुनको मूल्य

एकै दिन २ हजारले घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यतोक्दै गत साताको शुक्रबारको तुलनामा ह्वात्तै घटेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मुल्य तोलामा १ लाख ६हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ६०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेको जानकारी दिएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १३ सय २० रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रबार यसको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ कायम थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?