जोडिनुहोस
  • होमपेज
  • दक्षिण कोरियामा डुङ्गा पल्टिँदा ९ जना माझी बेपत्ता

दक्षिण कोरियामा डुङ्गा पल्टिँदा ९ जना माझी बेपत्ता

दक्षिण कोरियाको दक्षिणपश्चिमी तटमा एउटा डुङ्गा पल्टिँदा ९ जना माझी बेपत्ता भएका छन् । अहिलेसम्म तीन जनाको उद्धार गरिएको छ । डबेची टापु नजिकै भएको यस दुर्घटनामा बेपत्ता भएकाहरुको खोजी भइरहेको कोस्टगार्डले जनाएका छन् ।

कोस्टगार्डले पल्टेको डुङ्गाभित्र मानिसहरु डुबेको छन् कि भनेर आफूलाई आशंका भएको बताएका छ्न । डबेची एउटा सानो निर्जन टापु हो ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले बेपत्ता व्यक्तिको खोजी कार्यको दायरा फराकिलो बनाइएको बताएका छन् ।

योनहाप समाचार एजेन्सीले अधिकारीहरूलाई उद्धृत गर्दै राती ११ बजेर १९ मिनेटमा २४ टन वजनको डुंगा डाबेची टापुबाट १६.६ किलोमिटर पश्चिममा पल्टिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका