जोडिनुहोस
  • होमपेज
  • नेपालमा फाइभजी सेवाको आन्तरिक परीक्षण आजदेखि

नेपालमा फाइभजी सेवाको आन्तरिक परीक्षण आजदेखि

काठमाडौं । नेपाल टेलिकमले आजदेखि फाइभजी सेवाको आन्तरिक परीक्षण थालेको छ । १९औं वाषिर्कोत्सवको अवसरमा टेलिकमले फाइभजी सेवाको परीक्षणको औपचारिक शुभारम्भ गर्दैछ ।

बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयमा रखिएका फाइभजी उपकरणबाट फाइभजीको परीक्षण थालिएको छ । यो सेवाको उपयोग तत्काललाई टेलिकमका कर्मचारीले मात्रै गर्न पाउनेछन् ।

सर्वसाधारणसँग फाइभजी चल्ने डिभाइसको संख्या नै न्युन भएको र फाइभजी प्रणाली प्रयोगको सम्भावना पनि न्युन रहेकाले कर्मचारीहरुबाटै परीक्षणकालको सुरुवात भएको टेलिकमले जनाएको छ ।

२६०० मेगाहर्ज ब्याण्ड अन्तरगत टेलिकमले फाइभजी सेवाको थालनी भएको हो । परीक्षणकालीन नतिजाका आधारमा अन्यत्र क्षेत्रहरुमा पनि फाइभजी विस्तार गरेर क्रमशः सार्वसाधाराणका लागि सेवा उपलब्ध गराएइने कम्पनीका एक अधिकारीले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका