जोडिनुहोस
  • होमपेज
  • एसिया कप क्रिकेट : पाकिस्तानमा भए भारतले नखेल्ने

एसिया कप क्रिकेट : पाकिस्तानमा भए भारतले नखेल्ने

काठमाडौं । एसीसी एसिया कप क्रिकेट-२०२३ पाकिस्तानमा आयोजना भएमा भारतले सहभागिता नजनाउने भएको छ । एसिया कप-२०२३ को आयोजनाको जिम्मा पाकिस्तानले पाएको छ ।

तर, एसीसीका अध्यक्ष समेत रहेका बीसीसीआईका सचिव जय शाहले भारतीय टोलीले पाकिस्तान भ्रमण गर्न नसक्ने स्पष्ट पारेका छन् । शाहले पाकिस्तानमा नभई तटस्थ स्थानमा एसिया कप २०२३ आयोजना हुनुपर्ने बताउदै आएका छन् ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) को शनिबार बसेको बैठकले एसिया कप-२०२३ को अन्तिम निर्णय मार्चमा हुने आईसीसीको बैठकबाट टुंगो लगाउने निर्णय गरेको छ ।

यता, भारतले आफ्नो भूमिमा हुने एसिया कप नखेलेमा पाकिस्तानले पनि भारतमा हुने विश्वकप बहिस्कार गर्ने बताउदै आएको छ ।

पाकिस्तान क्रिकेट बोर्डका प्रमुख नजम सेठीले यदि भारतले पाकिस्तानमा खेल्दैन भने पाकिस्तानले २०२३ को विश्वकपमा भारतमा नखेल्ने विचार गर्ने बताएका छन् ।

२०२३ को एकदिवसीय विश्वकप भारतमा आयोजना हुनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका