जोडिनुहोस
  • होमपेज
  • नयाँ सांसद पनि सत्तामा लिप्त भए : धनराज गुरुङ

नयाँ सांसद पनि सत्तामा लिप्त भए : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेताहरू ठूला सपनामात्रै बाँड्ने काममा लागि परेको आरोप लगाएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मन्त्री र प्रधानमन्त्री पदकै लागि नेताहरू पटकपटक लडिरहेको बताए । यसपटक जितेर आएका नयाँ सांसद पनि पुरानै नेतासरह सत्तामा लिप्त भएको गुरुङको भनाइ थियो ।

‘अझै नेताहरू नसच्चिने हो भने मुलुकले झनै दुःख पाउँछ । आँखाअघि नै व्यवसायीहरूले आत्मदाह र आत्महत्या गर्दा पनि सरकार र नेताहरू आफ्नै स्वार्थमा लागेका छन् । जनताको स्वार्थभन्दा मन्त्रीहरू पुरानो गाडी परिवर्तन गर्नुहोस् भन्नेतर्फ लागिरहेका छन्’, गुरुङले भने ।

देश गफले मात्रै नचल्ने भन्दै उनले सांसद जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । संसद नीति निर्माण भन्दा पनि घोचपेचमा नै सकिँदै गइरहेको गुरुङको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका