जोडिनुहोस
  • होमपेज
  • नेप्सेमा १.५४ अंकको वृद्धि, कारोबार रकम २ अर्ब नजिक

नेप्सेमा १.५४ अंकको वृद्धि, कारोबार रकम २ अर्ब नजिक

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ । १.५४ अंकले बढेको बजार २०९६.०८ बिन्दुमा रोकिएको छ । आइतबार ०.०७ प्रतिशतले बजार बढेको हो । २५८ धितोपत्रको ३९ हजार १८७ वटा कारोबारबाट ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९३ करोड १७ लाख १९ हजार १०३ रुपैयाँको कारोबार भएको छ ।

आइतबार लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र ट्रेडिङ उपसूचकको मूल्य घट्यो । त्यसबाहेकका उपसूचकको मूल्य भने बढेको छ । आइतबार आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेवलमा कारोबार भयो । यसको मूल्य १० प्रतिशत बढेर २१२१.७० रुपैयाँ पुगेको छ । पोखरा फाइनान्स, सिद्धार्थ इक्विटी फण्डसहितको मूल्य धेरैले बढेको छ । इस्टर्न हाइड्रो, प्रभु बैंक डिभेन्चर, प्राइम लाइफ इन्स्योरेन्ससहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका