जोडिनुहोस
  • होमपेज
  • सरकार बाहिर रहँदा कांग्रेस पानीबिनाको माछाजस्तै छट्पटायो: केपी शर्मा ओली

सरकार बाहिर रहँदा कांग्रेस पानीबिनाको माछाजस्तै छट्पटायो: केपी शर्मा ओली

सत्तारुढ दल एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारबाहिर रहँदा पानीबिनाको माछाजस्तै नेपाली कांग्रेस छट्पटाएको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकार बाहिर रहँदा कांग्रेस पानीबिनाको माछाजस्तै छट्पटाएको बताएका हुन् ।

संसदमा कांग्रेसले निभाएको भूमिकाप्रति आशंका उब्जाएका उनले आफूलाई प्रतिपक्षीको रुपमा कांग्रेसले स्वीकार्नसमेत नसकेको टिप्पणी गरे । संविधान जारी भएपछि सातवटा प्रधानमन्त्री बनेको भन्दै उनले विगतजस्तै फेरि राजनीतिक अस्थिरता निम्त्याउन खोजेको आरोप लगाए । ओलीले राष्ट्रलाई अस्थिरताबाट जोगाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन गरेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रलाई अस्थिरतामा धकेल्न नहुने बताए । आफूहरु प्रतिपक्षमा बस्ने मानसिकतामा रहेका बेला सरकार गठनको समय घर्किन लाग्दासमेत सरकार नबन्ने देखिएपछि राष्ट्रलाई अस्थिरतामा जानबाट रोक्दै र राजनीतिक निकास निकाल्दै प्रचण्ड नेतृत्वमा सरकार बनाएको उनको भनाइ छ । कांग्रेसको भूमिकाप्रति प्रश्न उठाउँदै उनले संसदमा कांग्रेसले खेलेको भूमिका बुझिनसक्नु रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका