जोडिनुहोस
  • होमपेज
  • २१ अर्ब १० करोडको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक

२१ अर्ब १० करोडको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैङ्कले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिममा उक्त ट्रेजरी जारी गर्ने भएको हो । आइतबार एक सूचना जारी गर्दै बैङ्कले सोमबार दिउँसो ३ बजे ट्रेजरीको बोलकबोल हुने जनाएको छ । इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूले तोकिएको समयभित्र अनलाइन दरखास्त दिन सक्नेछन् । ट्रेजरीको बिक्री भने आगामी माघ २४ गते मङ्गलवार हुनेछ ।

कूल २१ अर्ब १० करोड मध्ये १४ अर्ब १० करोड रुपैयाँ नवीकरण गर्ने र बाँकी रहेको ७ अर्ब रुपैयाँ नयाँ ट्रेजरी बिक्री गरिने बैङ्कले जनाएको छ । २८ दिनका लागि २ अर्ब रुपैयाँ छुट्टाइएको छ भने ९१ दिनका लागि ७ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि (नवीकरण) ७ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ छुट्टाइएको छ ।

यसअघि गत माघ १६ गते पनि केन्द्रीय बैङ्कले चार किसिममा कूल २१ अर्ब १० करोड रुपैयाँ बराबरकै ट्रेजरी बिक्री गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका