जोडिनुहोस
शुक्रबार, फाल्गुन ११, २०८०
शुक्रबार, फाल्गुन ११, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय साझेदारीका लागि ईयूकी आयुक्त युटा उर्पिलाइनेन बुधबार नेपाल आउँदै

अन्तर्राष्ट्रिय साझेदारीका लागि ईयूकी आयुक्त युटा उर्पिलाइनेन बुधबार नेपाल आउँदै

अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली युनियन ईयूकी आयुक्त युटा उर्पिलाइनेनले नेपालको भ्रमण गर्ने भएकी छिन् । काठमाडौँस्थित ईयूको दूतावासका अनुसार उनी बुधबार नेपाल आउने कार्यक्रम छ ।

एकदिने नेपाल भ्रमणका क्रममा उनले यहाँका नेताहरुसँग भेटघाट  गर्ने कार्यक्रम छ । नेपालमा अमेरिकाबाट एक पछि अर्को उच्चस्तरीय भ्रमण भइरहेका बेला ईयूकी आयुक्त पनि नेपाल आउन लागेकी हुन् । पुष्पकमल दाहालले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि ईयूबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

नेपालको हरित अर्थतन्त्र, क्षेत्रीय असमानता र सुशासनमा उनको भ्रमण केन्द्रित हुने जनाइएको छ । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री विमला राई पौडेलसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका