जोडिनुहोस
  • होमपेज
  • रास्वपाका तीन मन्त्रीहरूले आजै राजीनामा बुझाउने

रास्वपाका तीन मन्त्रीहरूले आजै राजीनामा बुझाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका दुई मन्त्री र एक राज्यमन्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउने भएका छन् । पार्टीको बैठकपछि सभापति रवि लामिछानेले पत्रकारहरूलाई सो जानकारी दिएका हुन् ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने तर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको थियो । यससँगै रास्वपाबाट मन्त्री बनेका डोलप्रसाद अर्याल र शिशिर खनाल तथा राज्यमन्त्री डा. तोसिमा कार्कीले आज राजीनामा दिने भएका हुन् ।

अर्याल श्रममन्त्री खनाल शिक्षामन्त्री र कार्की स्वास्थ्य राज्यमन्त्री थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका