जोडिनुहोस
  • होमपेज
  • रास्वपाका तीनजना मन्त्रीले दिए राजीनामा

रास्वपाका तीनजना मन्त्रीले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जना मन्त्रीले राजीनामा दिएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा रास्वपार्टीबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

रास्वपाको आज बसेको बैठकले सरकारको समर्थन कायम राख्ने तर सरकारबाट बाहिरिने निर्णय गरेको थियो । अध्यक्ष रवि लामिछानेको नागरिकता प्रकरणपछि उपप्रधानसहित गृह मन्त्रालय गुमाएको रास्वपाले आफ्नो अडान कायम राखेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने रास्वपालाई गृह मन्त्रालय नदिने र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय प्रस्ताव गरेका थिए । रास्वपाले उक्त प्रस्ताव स्वीकार नगरेर सरकारबाट बाहिरिने निर्णय गरेको थियो । पार्टीको निर्णयबमोजिम मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने अध्यक्ष लामिछानेसँग कुरा गरेर सहमति गर्ने बताएका छन् ।

तस्बिर : प्रदीपराज वन्त

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका