जोडिनुहोस
  • होमपेज
  • पत्रकार महासंघले भन्यो- लामिछानेको ‘धम्की’ले पत्रकार र सञ्चारमाध्यम असुरक्षित भए

पत्रकार महासंघले भन्यो- लामिछानेको ‘धम्की’ले पत्रकार र सञ्चारमाध्यम असुरक्षित भए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यत्तिलाई लिएर पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । रविले सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक धम्की दिएको भन्दै महासंघले आपत्ति जनाएको हो ।

महासंघद्वारा जारी विज्ञप्तिमा रविले लगाएका आरोपहरुलाई आधारहीन र पूर्वाग्रही करार गरिएको छ । देशको चौंथो ठूलो दलका अध्इक्ष र उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका व्यत्तिले संयम गुमाएर अभिव्यक्ति दिएको महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै बताएका छन् ।

‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रुपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुन सक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ । उनको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् लामिछाने र रास्वपाले लिनुपर्ने छ’, विज्ञप्तिमा भनिएको छ ।

महासंघले लामिछानेलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन चेतावनी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका