जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीले प्रमुख सचेतकहरूसँग छलफल गर्दै

प्रधानमन्त्रीले प्रमुख सचेतकहरूसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरूसँग सामूहिक छलफल गर्ने भएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बिहान ९ बजे बालुवाटारमा बोलाइएको बैठकमा संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले संसद्लाई दिनुपर्ने बिजनेसका बारेमा राय लिने छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार संसद्को आगामी बैठकलाई प्रभावकारी रूपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरूलाई बोलाइएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका