जोडिनुहोस
  • होमपेज
  • सुपरमाई हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो

सुपरमाई हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो

काठमाडौँ । सुपरमाई हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि ४ लाख १५ हजार कित्ता सेयर बिक्री खुलाएको हो । यसअघि, आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बिक्री गरिसकेको छ ।

आयोजनाले आफ्नो जारी पूँजी ५० करोडको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँको ५ लाख कित्ता सेयर बिक्री गर्ने छ । यसमध्ये, वैदेशिक रोजगारीमा गएकाहरुका लागि ५० हजार कित्ता छुट्याइएको थियो । यस्तै, सामूहिक लगानी कोषका लागि २५ हजार र आयोजना प्रभावितका लागि १० हजार कित्ता सेयर बिक्री गरिसकेको छ ।

बाँकी रहेको ४ लाख १५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आज माघ २३ गतेदेखि खुलेको बिक्री माघ २६ गतेसम्म कायम रहनेछ । कम्पनीको सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि देखि २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । यो कम्पनीले ७.८ मेगावाट क्षमताको आयोजना बनाइरहेको छ । आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका